पुँजी बजार सुधारका उपाय पेस गर्न निर्देशन
gorkhapatraonline.com · Tue Sep 08 01:37:22 GMT 2026

पछिल्लो समय नेपालको सेयर बजारमा उतारचढावबिच सुस्त हुँदा नेप्से परिसूचक २५ सयकै वरपर रहेको छ । केही दिनयता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अपेक्षाकृत कमजोर रहेकाले बजारको सुधारलाई तत्कालै बलियो उकालोका रूपमा हेर्न सकिने अवस्था छैन ।
यद्यपि खरिदकर्ता सक्रिय हुन थालेका छन् । यसले बजारमा तल्लो तहमा माग सिर्जना भइरहेको सङ्केत गरेको छ । पछिल्लो समय नेपालको सेयर बजार उतारचढावबिच सुस्त रहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैङ्क र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)