बढ्न थाल्यो बजार मूल्य
gorkhapatraonline.com · Tue Sep 08 01:34:34 GMT 2026

भोटेकोशी हिमबाढीले यातायात अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्नुपर्दा ढुवानी भाडा र समय बढेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
एकातिर व्यवसायीहरूले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाडा बढेको भन्दै अधिकांश खाद्यान्न, हरिया तरकारी र फलफूलको मूल्य बढाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)