इजरायलको आक्रमणले लेबनानमा १२ जनाको मृत्यु, अमेरिकासँग मागियो गुहार
kendrabindu.com · Tue Sep 08 01:39:05 GMT 2026

काठमाडौं । दक्षिणी लेबनानमा इजरायली आक्रमणमा १२ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मारिएकामा दुई बालबालिका, चार महिला र एक प्यारामेडिक पनि छन्।
बीबीसी अरबीका अनुसार नबातिया सहरनजिकै काफर रम्मान सहरमा रातभर गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। आक्रमणमा तीनतले आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको छ। सोही सहरमा सवारी साधनलाई लक्ष्य गरी गरिएको अर्को आक्रमणमा एक प्यारामेडिकको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)