लोक सेवा आयोगको परामर्श लिने प्रक्रिया निजामती विधेयक, मस्यौदामा ‘३०–५५’ को व्यवस्था यथावत्
barnanmedia.com · Tue Sep 08 01:35:11 GMT 2026

काठमाडौं । बहुचर्चित संघीय निजामती विधेयकको मस्यौदामा लोक सेवा आयोगको परामर्श लिने प्रक्रिया अघि बढेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक प्रस्तावित प्रावधानबारे लोकसेवा आयोगको परामर्श लिन लागेको जानकारी दिइन् । उनका अनुसार, विधेयकमा प्रस्तावित ३० वर्षे सेवाअवधि र ५५ वर्षे उमेर हदमा कानुन मन्त्रालयले फरक राय पठाएको छैन ।
गत जेठ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका निम्ति कानुन मन्त्रालयमा पठाएको थियो । उक्त बहुचर्चित विधेयकमा मन्त्रालयले तीन महिनाभन्दा बढी समय अध्ययनमै लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)