पूर्वाञ्चल ल्बुब आयलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा ?
arthasansar.com · Mon Sep 07 01:41:38 GMT 2026

पूर्वाञ्चल ल्युब आयल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १० बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारणसभाको असोज १६ गतेका बोलाएको हो ।
उक्त साधारणसभा अजोज १६ गते मोरङको विराटचोकमा रहेको नेपालीरिका होटलमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८२/०८३ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)