बेइजिङमा परराष्ट्रमन्त्री खनाल–वाङ द्विपक्षीय वार्ता : पूर्वाधारदेखि लगानीसम्म सहकार्य विस्तारमा सहमति
kathmandupati.com · Tue Jun 16 02:40:00 GMT 2026

काठमाण्डु – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे छलफल गर्दै दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति गरेका छन्।
बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेको छ। त्यसको प्रत्युत्तरमा चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो अटल समर्थन पुनः व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)