स्रोत नखुलेको रकमसहित दुई पक्राउ
gorkhapatraonline.com · Tue Sep 08 01:52:49 GMT 2026

पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको २१ लाख ६० हजार नेपाली रुपियाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार प्रतापपुर गाउँपालिका क्षेत्रबाट उक्त रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहनुभएका प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनी निवासी २५ वर्षीय अंकित गुप्ता र सोही ठाउँ निवासी २० वर्षीय अभिनन्दन गुप्तालाई चेकजाँच गर्ने क्रममा नगद फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)