भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, चितवनमा मात्रै भेटिए २२१ शव
ratopati.com · Fri Aug 28 09:49:27 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ। तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपद्मा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)