औद्योगिक क्षेत्रलाई अधिकार सम्पन्न र सबल बनाइन्छ -सभापति अन्सारी
kendrabindu.com · Tue Jul 07 12:32:17 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय हुने बताएका छन्।
मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था तथा श्रमिकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन निरीक्षण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)