जी-२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
gorkhapatraonline.com · Fri Aug 28 09:45:50 GMT 2026

अमेरिकाले आगामी साता हुने जी-२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिनुहुने अमेरिकी अधिकारीले बताएका छन् ।
जी-२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर आगामी सोमबार र मङ्गलबार उत्तरी क्यारोलिनाको एशेभिलमा भेला हुँदैछन् । यस वर्षको पहिलो प्रमुख मन्त्रिस्तरीय बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने जी-२० नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्नेछ । मध्यपूर्वमा जारी युद्धका कारण इरानमाथि दबाब बढाइरहेको अमेरिकाले बैठकमा प्रतिबन्ध कार्यान्वयनमा सदस्य राष्ट्रहरूको सहयोग खोज्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)