नबिल बैङ्कद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैङ्कको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)