कैलाश तीर्थयात्रामा बाढीको असर
reportersnepal.com · Fri Aug 28 09:47:45 GMT 2026

बेइजिङ, १२ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।
दक्षिणपश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट छ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)