महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न कांग्रेस निर्वाचन समितिको बैठक बस्दै
barnanmedia.com · Tue Sep 08 01:57:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ । आगामी १५औँ महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
समितिका सदस्य सचिव राजु कटुवालले बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)