दाङमा १२ सय ५२ जना किशोरीलाई एचपीभी खोप
gorkhapatraonline.com · Tue Sep 08 02:05:40 GMT 2026

दाङमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ। जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको हो।
एचपीभी खोप अभियानअन्तर्गत दाङमा पहिलो दिन एक हजार दुई सय ५२ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)