काजकिरिया बसेका छोराले पाए आमाको जिउँदो खबर : ११ दिनपछि भग्नावशेषबाट आमाको उद्धार
barnanmedia.com · Tue Sep 08 02:00:36 GMT 2026

मैले मेरी आमालाई आफ्नै हातले दागबत्ती दिएँ। हो, बिजेश्वरीघाटमा कुशको शव बनाएर मैले मेरी जन्मदात्रीको अन्तिम संस्कार गरिसकेको थिएँ। शरीरमा सेतो कोरा, मनमा जीवनभर नमेटिने घाउ र आँखामा कहिल्यै नसुक्ने आँसु लिएर म किरिया बसिरहेको थिएँ। बाढीले नुवाकोटको वेत्रावतीस्थित मेरो घर मात्र बगाएको थिएन, मेरो संसारै पुरेको थियो। आमाबुबा त्यही दबदबे हिलो र भग्नावशेषमुनि कतै हराउनुभएको थियो।
भदौ १४ गते जब मैले सशस्त्र प्रहरीलाई हारगुहार गरेँ, मेरो मनको कुनामा झिनो आश बाँकी नै थियो। भोलिपल्ट म आफैँ त्यो लेदो र हिलो छिचोल्दै आमाबुबा खोज्न निस्किएँ। तर, मेरा पाइला अघि बढ्नै सकेनन्। त्यो भत्किएको, आधाभन्दा बढी पुरिएको घर देखेपछि मेरो मुटुले थाम्न सकेन। प्रहरीको टोलीले भित्रसम्म नियाल्यो, आवाज दियो। तर, उताबाट मृत्युको सन्नाटाबाहेक केही फर्किएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)