१६ वर्षीया छात्राले बनाइन् महिलाको सुरक्षाका लागि ‘स्मार्ट’ कानको बाली
barnanmedia.com · Tue Sep 08 02:02:43 GMT 2026

धेरैजसो १६ वर्षका टिनएजर्स आफ्नो पढाइ र भविष्यको योजना बनाउनमै व्यस्त हुन्छन्। तर, दक्षिण अफ्रिकाकी १६ वर्षीया छात्रा बोह्लेले म्फाहलेलेले भने महिला सुरक्षाका लागि एउटा यस्तो गज्जबको डिभाइस बनाएर संसारलाई चकित पारिदिएकी छन्, जुन सुन्दैमा कुनै हलिउडको साइन्स-फिक्सन फिल्मको जस्तो लाग्छ।
दक्षिण अफ्रिका लगायत संसारभर महिला हिंसा र मानव बेचबिखनको समस्या निकै डरलाग्दो छ। कुनै पनि आक्रमणको बेला पीडितले फोन निकालेर लक खोल्ने, फोटो खिच्ने वा प्रहरीलाई गुहार्ने मौका नै पाउँदैनन्। यही समस्यालाई नजिकबाट नियालेकी बोह्लेलेले महिलाहरूको सुरक्षाका लागि अलर्टिङ इयरपिस नामको एउटा विशेष कानको बाली तयार पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)