तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग
gorkhapatraonline.com · Tue Sep 08 02:15:05 GMT 2026

गएका वर्षहरूमा यतिबेला तीजको रौनकले राम्रैसँग छोएको हुन्थ्यो। दिनहुँ दर खाने र नाचगान गर्नेहरूको जताततै भीडभाड देखिन्थ्यो। पार्टी प्यालेसदेखि होटलसम्म दर खाने र नाचगान गर्नेहरूको दैनिक जमघट हुने गर्दथ्यो। तर भोटेकोशीमा आएको बाढीका कारण यस पटकको तीज सुनसान बनेको छ। पार्टी प्यालेसहरूमा समेत तीजको रौनक कहीँकतै देखिँदैन।
पालिकाहरूले मात्रै होइन, विभिन्न समूह तथा क्लबहरूले आयोजना गर्ने तीज विशेष कार्यक्रमसमेत स्थगित गरेका छन्। उनीहरूले दर खाने र तीज मनाउने भनेर छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिरहेका छन्। ११ वटा पालिका रहेको स्याङ्जाका सबै पालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्नुका साथै कार्यक्रमका लागि छुट्याइएको बजेट बाढी प्रभावितलाई सहयोग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)