पूँजी बजार सुधार र विकासका उपाय पेस गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
clickmandu.com · Tue Sep 08 02:16:54 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकासका लागि कानुनी सुधारका उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल,नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)