गोरखामा हालसम्म ७५ शव फेला
gorkhapatraonline.com · Tue Sep 08 02:23:44 GMT 2026

रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि भदौ २३ गते मङ्गलबार बिहान ६ बजेसम्म त्रिशूली नदी किनारमा ७५ वटा शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो।
प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा अंगभंग भएका शव फेला पारेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार हालसम्म फेला परेका ७५ वटा शवमध्ये ६६ वटा शवको व्यवस्थापन गरिएको छ भने छ वटा शव परिवारलाई जिम्मा लगाइएको छ। पहिचान हुन सक्ने ट्याटु भएका तीन वटा शव प्रदेश अस्पताल गोरखामा राखिएको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)