रुसमा हिमपहिरो, कम्तीमा ११ जनाको मृत्यु, ६ बेपत्ता
kendrabindu.com · Tue Sep 08 02:21:30 GMT 2026

काठमाडौं । रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरो आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको। साथै ६ जना बेपत्ता र ६ जना घाइते भएको रुसको विपद् व्यवस्थापन मन्त्रालयले सोमबार जनाएको छ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कुल ३३ जना रहेको समूहलाई हिमपहिरोले बगाउँदा ११ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् र अन्य ६ जना बेपत्ता छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)