पर्वतको एक वनमा बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक भेटिए
onlinekhabar.com · Tue Jul 07 12:58:32 GMT 2026

२३ असार, काठमाडौं । पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले चलाएको स्वीप अपरेसनका क्रममा मंगलबार पैयूँ गाउँपालिका–६ को बाहुनडाँडा सामुदायिक वनबाट ६ थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
ती बन्दुक जंगलभित्र लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)