पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
nagariknews.nagariknetwork.com · Tue Sep 08 02:31:07 GMT 2026

बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो।
आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)