क्युवामाथि नयाँ अमेरिकी प्रतिबन्ध
kendrabindu.com · Fri Jun 05 10:41:11 GMT 2026

हवाना । संयुक्त राज्य अमेरिकाले क्युवाली राष्ट्रपति तथा क्यास्ट्रो परिवारका नजिकका सदस्यहरूलाई लक्षित गर्दै बिहीबार नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । यस कदमले क्युवा–अमेरिका सम्बन्धमा पुनः तनाव चुलिएको छ ।
अमेरिकी प्रतिबन्ध सूचीमा राष्ट्रपति मिगुएल डियाज–क्यानेल, उहाँकी श्रीमती र सौतेनी छोरा समेत परेका छन् । साथै पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका छोरा र नाति पनि प्रतिबन्धको दायरामा आएका छन्, जसलाई क्युवाको राजनीतिक संरचनामा प्रभावशाली शक्ति–दलालका रूपमा चित्रित गरिएको छ । क्रान्तिकारी सशस्त्र बल मन्त्रालयसहित अन्य केही संस्थामाथि पनि प्रतिबन्ध लगाइएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)