प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा द्योछेंमा
nagariknews.nagariknetwork.com · Tue Jul 07 13:10:44 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नवदुर्गा द्योछें (देवता) घर पुगेका छन्। नवदुर्गा देवगणको विशेष पूजाको दिन प्रधानमन्त्री मन्दिर पुगेका हुन्।
मन्दिरमा बिहानैदेखि विशेष पूजा भएको थियो। प्रधानमन्त्रीलाई स्थानीयवासी, गुठियार, नवदुर्गा देवगणका नाइकेहरूले विशेष महत्वका साथ स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्रीले नवदुर्गा द्योछेंको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)