मोरङमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी
ratopati.com · Fri Aug 28 09:52:14 GMT 2026

विराटनगर। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत भदौ १ गते आफ्नै घरको कोठामा बालिकामाथि जबरजस्ती करणी भएको भन्दै पीडितकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय, बेलबारीमा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै खटिएको प्रहरी टोलीले आरोपीलाई घरवतनबाटै नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)