कांग्रेस त्यागेका ७ जनप्रतिनिधिको पद रिक्त
clickmandu.com · Tue Sep 08 02:48:28 GMT 2026

काठमाडौं । निर्वाचन आयोग, नेपालले नेपाली कांग्रेसको तर्फबाट वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका सात जना जनप्रतिनिधिहरूको पद रिक्त गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को कानुनी व्यवस्था बमोजिम ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्णय गरी आयोगलाई जानकारी गराएपछि आयोगले सो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)