गालामा गोलीको खत, मनमा अझै उस्तै प्रश्न
lokaantar.com

ठ्याक्कै एक वर्षअघि, २०८२ भदौ २३ गतेको त्यो दिन । सुनसरीको इटहरीसहित देशैभरिका सडक युवाहरूको गर्जनले तातेको थियो । भ्रष्टाचार, बेथिति र ‘नेपो बेबी’ ट्रेन्डविरुद्ध स्वस्फूर्त रूपमा सडकमा ओर्लिएका हजारौँ तन्नेरीहरूमध्ये १८ वर्षीय शान्तनु ढकाल पनि एक थिए ।
जेनजी आन्दोलन भएको आज एक वर्ष पुगेको छ । एक वर्षमा देशको राजनीतिमा धेरै फेरबदल आए, सत्ता समीकरण बदलियो, सिंहदरबारमा पात्रहरू पनि फेरिए । तर, शान्तनुको अनुहारमा रहेको त्यो गहिरो खत अझै उस्तै छ र राज्यको कार्यशैलीप्रतिको उनको गुनासो बदलिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)