जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
reportersnepal.com · Fri Aug 28 09:50:58 GMT 2026

वासिङ्टन, १२ भदौ । अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिने अमेरिकी अधिकारीले बताएका छन् ।
जी–२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरू आगामी सोमबार र मङ्गलबार उत्तरी क्यारोलिनाको एशेभिलमा भेला हुँदैछन् । यस वर्षको पहिलो प्रमुख मन्त्रिस्तरीय बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने जी–२० नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)