शल्यक्रियापछि गुमेको दृष्टि फर्किँदा...
ratopati.com · Tue Sep 08 02:53:06 GMT 2026

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए। यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए ।
शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि पाएकामा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिए । उनले भने “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ । यो उपचार गर्न विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन । ”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)