चीनका विदेशमन्त्री र परराष्ट्रमन्त्री खनालबीच के विषयमा भयो छलफल ?
barnanmedia.com · Tue Jun 16 01:24:50 GMT 2026

काठमाडौं । चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा कुराकानी भएको छ । वाङ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत हुन् ।
मन्त्री खनालले वाङसँग भेट हुँदा खुसी भएको प्रतिक्रिया दिएका छन् । "हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रहरू सहित द्विपक्षीय सम्बन्धका सबै पक्षमा व्यापक छलफल गर्यौँ," मन्त्री खनालले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)