‘भागदौड’को ट्रेलर सार्वजनिक
kendrabindu.com · Tue Jul 07 13:51:56 GMT 2026

काठमाडाैं । नेपाली सिनेमा ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिनेमाको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ । साथै, ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गरेको छ । विशेषगरी सिनेमाको मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा फिट देखिएका छन् । उनको क्यारेक्टरले दर्शकलाई सरप्राइज दिने दाबी अभिनेता पोखरेलको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)