शासकीय सुधारका अधिकांश विषयमा सफलता प्राप्त गर्यौं : अर्थमन्त्री
annapurnapost.com · Tue Jul 07 13:43:03 GMT 2026

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल भएको बताएका छन्।
मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सरकारको १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७ दशमलव २ प्रतिशत प्रगति हासिल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)