जेन–जी आन्दोलनको एक वर्ष: बदलियो सरकार, बदलिएन अवस्था, ध्वस्त संरचना उस्तै [तस्बिरहरू]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026
काठमाडौँ । दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो चार दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरिएको छ ।
नयाँ व्यक्ति, नयाँ पात्र र नयाँ दल देशमा उदाएका छन् । तर, त्यही आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा क्षतिग्रस्त दर्जनौँ सरकारी संरचना अझै उस्तै छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन), सडक विभाग, सिंहदरबार, सर्वोच्च अदालत, निजी व्यावसायिक प्रतिष्ठान, दूरसञ्चार सेवा प्रदायक, पार्टी कार्यालय, नेताका घर र व्यवसायमा अझै पनि आन्दोलनमा भएको आगजनीका धब्बा मेटिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)