सुशासन छैन भने दुई तिहाई बहुमतले कुनै अर्थ राख्दैन – पूर्वप्रधानमन्त्री कार्की
kendrabindu.com · Tue Sep 08 03:20:33 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
उनले एक वर्षअघि भएको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासनका लागि स्पष्ट सन्देश दिएको बताइन् । उनले भनेकी छन, ‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्नु पर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)