रसुवा विपद्: श्रीमान्को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा
khabarhub.com · Tue Sep 08 03:23:26 GMT 2026

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर अजयप्रसाद सिंहको १३ दिन बितिसक्दा पनि अत्तोपत्तो नपाउँदा परिवारजनमा छटपटी र चिन्ता बढेको छ। जनकपुरधाम निवासी उनकी श्रीमती पूजा साहले श्रीमान्को खोज तथा उद्धारका लागि स्थलगत रूपमा ड्रोन र प्रभावकारी रेस्क्यु टोली परिचालन गरिदिन सरकार र सम्बन्धित निकायसँग भावुक अपिल गरेकी छन्।
रसुवास्थित युटी २१६ एमडब्लु डुसन पावर हाउसमा कार्यरत इन्जिनियर सिंह गत भदौ १० गतेको बाढीपछि बेपत्ता भएका हुन्। श्रीमान् जीवितै र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै भनिन्, “तिमी जहाँ छौ, जस्तै छौ, मलाई खबर गर। म आफैँ आउँछु तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ।” उनले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको पर्खाइमा रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)