जेनजी अभियान्त तनुजा पाण्डे भन्छिन्-‘जेनजी’ आन्दोलनले उठाएका एउटा पनि माग पूरा भएन
barnanmedia.com · Tue Sep 08 03:16:32 GMT 2026

काठमाडौं । ‘जेनजी’ आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा नभएको बताएकी छन्। जेनजी आन्दोलनको एकवर्ष पूरा भएको सन्दर्भमा उनले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएकी हुन्।
‘भ्रष्टाचारविरुद्धको ब्यानर बोकेर, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलनको आज एक वर्ष पुगेको छ,’ पाण्डेले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तर विडम्बना, आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा पूरा भएको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)