सडक सञ्जालबाट विच्छेद उत्तरगयामा रेडक्रसले पुर्यायो खाद्य सामग्री
nepalpress.com · Tue Sep 08 03:29:08 GMT 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।
रेडक्रसले हेलिकप्टरमार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)