उत्तरगयामा हेलिकोप्टरमार्फत पुर्याइयो खाद्यसामग्री
baahrakhari.com · Tue Sep 08 03:33:53 GMT 2026

काठमाडौं । यही भदौ १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्यसामग्री वितरण गरेको छ । नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो ।
उक्त बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्यसामग्री वितरण गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)