बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला
ratopati.com · Fri Aug 28 09:56:15 GMT 2026

काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन् ।
तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो । नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले रातोपाटीलाई बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)