नासा नेपालद्वारा बाढीपीडितका लागि १ लाख सहयोगको घोषणा, टोलीहरूलाई खोजीमा जुट्न अपिल
kendrabindu.com · Fri Aug 28 09:59:11 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख सहयोग गर्ने घोषणा गरेको छ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालले एक विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, बेपत्ता भएका नागरिकहरूको खोजी कार्यमा आ-आफ्नो स्थानबाट सक्रिय हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)