भोटेकोशी बाढीः काभ्रे कांग्रेसद्वारा ११ लाख सहयोग
reportersnepal.com · Fri Aug 28 09:59:50 GMT 2026

काभ्रेपलाञ्चोक, १२ भदौ । नेपाली कांग्रेस काभ्रेपलान्चोक जिल्ला समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाएको छ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षति भएपछि राहतका लागि कांग्रेसले ११ लाख सहयोगको सङ्कलन गरेको हो ।
मानवीय सेवाका लागि सङ्कलित उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने पार्टीका जिल्ला सभापति तीर्थ लामाले बताए । उनका अनुसार बाढीप्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले पार्टीका जिल्लास्थित नेताकार्यकर्तासँग उक्त रकम सङ्कलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)