ह्यारी–मेघनको शाही हैसियत यथावत्
nepalnews.com · Tue Sep 08 03:42:11 GMT 2026

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका छन्। तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ।
राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले गर्ने उल्लेख छ। शाही घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार, सेना तथा देशभर राजाका प्रतिनिधि रहेका लर्ड लेफ्टिनेन्टहरूलाई पत्र पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)