कोरला नाकामा फलफूल पैठारीसँगै क्वारेन्टाइनमा जनशक्ति
gorkhapatraonline.com · Tue Sep 08 03:40:04 GMT 2026

चीनसँगको उत्तरी सीमा नाका कोरला हुँदै पहिलोपटक फलफूल पैठारी हुन थालेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा दरबन्दीअनुसारको जनशक्ति खटाइएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि चिनियाँ फलफूल तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट आयात हुन थालेसँगै वरिष्ठ बाली संरक्षण अधिकृत, बाली संरक्षण अधिकृत, सूचना प्रविधि अधिकृत, प्राविधिक सहायक, चालक र कार्यालय सहयोगीलाई परिचालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)