दल त्याग गरेका ७ स्थानिय निकायमा पद रिक्त
aarthiknews.com

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल त्याग गरेका सात जना निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी गराएको हो।
आयोगले २०८३ भदौ २२ गतेको निर्णयअनुसार सम्बन्धित स्थानीय तहका निर्वाचित पदाधिकारी तथा सदस्यले दल त्याग गरेको जानकारी सार्वजनिक गरेको हो। आयोगका अनुसार नेपाली कांग्रेसको तर्फबाट सम्बन्धित स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका ती जनप्रतिनिधिहरूले अन्य दलमा प्रवेश गरेको जानकारीसहित सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएको थियो। सोही आधारमा उनीहरूको निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)