एम्बाप्पे ब्यालोन डी’ओरको बलियो दाबेदार
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026
काठमाडौं । फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन्। उनले रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबमा खेल्दा व्यक्तिगत पुरस्कारको अपेक्षा गर्नु स्वाभाविक रहेको पनि उल्लेख गरेका छन्।
चैम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलानसँगको भेटअघि बोल्दै २७ वर्षीय एम्बाप्पेले यसपटकको विश्वकप आफ्नो करिअरकै विशेष अभियान भएको बताए। उनले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए भने प्रतियोगितामा आफ्नो कुल गोल संख्या २२ पुर्याएर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। ‘यो गर्मीयाममा मैले खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगितामा धेरै इतिहास रचेँ। यो ब्यालोन डी’ओर जित्नका लागि राम्रो वर्ष हुन सक्छ, तर अन्तिम निर्णय मतदाताको हातमा हुन्छ,’ एम्बाप्पेको भनाइ उद्धृत गर्दै गोल डटकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)