सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यो मनसुनी वर्षा आगामी तीन दिनसम्म नै कायमै रहने सम्भावना रहेको छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म यस क्षेत्रका हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहने जानकारी दिएका छन्। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)