ट्र्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङबाट गोलिया बोकेर दोभानतर्फ जाँदै गरेको ट्र्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार सोमबार बिहान करिब २:४० बजे आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो। हाङपाङबाट गोलिया लिएर आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी खोलामा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)