बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा
gorkhapatraonline.com · Tue Sep 08 04:02:38 GMT 2026

निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । पुर्चौडीमा पहिरो खस्दा पाँच घरमा क्षति पुगेको छ भने ३५ घर उच्च जोखिममा परेका छन् ।
सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका–५ र ६ का ७० घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका–१ का १५ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)