पहिरोले कर्णाली राजमार्ग ठप्प, बजारसम्म स्याउ पुर्याउन नसक्दा किसान मर्कामा
kalakarmi.com · Tue Sep 08 04:02:13 GMT 2026

सुर्खेत- लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गका सुर्खेत, कालिकोट, जुम्ला र मुगु सड्क खण्डमा यातायात प्रभावित भएको छ । सुर्खेतको औलिंसेदेखि कालिकोटको गगनेखोला हुँदै जुम्ला र नाग्मा–गमगढी सडकसम्मका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रु तथा मालवाहक सवारीसाधनले सास्ती खेपिरहेका छन् ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको वराहताल गाउँपालिका–७ औलिंसेमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको भन्दै ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)