बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक, सम्झौता अवधी सकिएको दुई बर्षमा पनि ४० प्रतिशत प्रगति
aarthiknews.com

सुर्खेत । पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधी सकिएको दुई बर्ष बितिसक्दा पनि अपेक्षित प्रगती हुन सकेको छैन । दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा सुरु गरिएको उक्त सडक निर्माणको उपलब्धि चार बर्षमा आधा पनि काम सकिएको छैन । सम्झौताको चार बर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगती ३२ दशमलव ५ प्रतिशतमा सीमित रहेको छ ।
सडक निर्माण ढिलाई हुँदा पश्चिम सुर्खेतका सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाबासी सास्ती भोग्नु परेको छ । सडक निर्माणको जिम्मा लिएको अनक÷जयदेवी जेभी निर्माण सेवाले दुई बर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको सडकको काम चार वर्ष बित्दासमेत ढिलाइ गरेपछि पश्चिम सुर्खेतका नागरिकले कर्णाली प्रदेश राजधानी आउजाउ गर्दा निकै सास्ती भोग्नु परेको छ । सडकमा हिँउदमा धुमाम्य र बर्खामा हिलाम्य सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)